images
images

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि आउने, क-कसले दिन पाउनेछन् आवेदन ?

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि आउने, क-कसले दिन पाउनेछन् आवेदन ?

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ गतेदेखि आउने, क-कसले दिन पाउनेछन् आवेदन ?
    images
    images

    काठमाडौँ / एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर मंसिर १९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद  सेयर बिक्री गर्न लागेको हो । 

    कम्पनीको हकप्रद सेयर खरिदका लागि पुस १ गतेसम्म आवेदन दिन ससकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कार्तिक २७ गते एक दिन बुक क्लोज गरेको थियो ।

     सो आधारमा कार्तिक २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । 

    कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    हकप्रद सेयर खरिदका लागि बिक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो सेयरबाटसमेत अनलाइन आवेदन दिन सकिनेछ । 

    कम्पनीले २०८९ कार्तिक २ गते हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा असोज ११ गते बोर्डबाट स्वीकृति पाएको थियो । 

    कम्पनीले चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँको आधारमा ६२.५६ प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँ पुग्नेछ। 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार