images
images

नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपालबिच सम्झौता, विदेश जाने विद्यार्थीलाई कर्जामा सहज

नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपालबिच सम्झौता, विदेश जाने विद्यार्थीलाई कर्जामा सहज

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपालबिच सम्झौता, विदेश जाने विद्यार्थीलाई कर्जामा सहज
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लि. र एइसीसी ग्लोबल नेपाल (AECC) बिच सम्झौता भएको छ । बिदेशमा अध्ययन गर्न जाने बिद्यार्थीहरूलक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्न बैंक र एइसीसीबिच सम्झौता भएको हो । 

    उक्त सम्झौता पत्र बैंककातर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र (AECC) का तर्फबाट निर्देशक अजितसिङ बिच आदान प्रदान भएको थियो । 

    सो सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको बताइएको छ । सो कार्यक्रममा बैंक तथा  (AECC)का अन्य पदाधिकारीहरू समेतको उपस्थिति थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार