images
images

अमेरिकी नेतृत्व परिवर्तनसँगै दुई प्रमुख अर्थतन्त्रका राष्ट्रपति ट्रम्प र सीबीच हुने भेटवार्ताले के कस्तो महत्त्व राख्छ ?

अमेरिकी नेतृत्व परिवर्तनसँगै दुई प्रमुख अर्थतन्त्रका राष्ट्रपति ट्रम्प र सीबीच हुने भेटवार्ताले के कस्तो महत्त्व राख्छ ?

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • अमेरिकी नेतृत्व परिवर्तनसँगै दुई प्रमुख अर्थतन्त्रका राष्ट्रपति ट्रम्प र सीबीच हुने भेटवार्ताले के कस्तो महत्त्व राख्छ ?
    images
    images

    काठमाडौँ / एशिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा शुरू भएको छ । 

    अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण उत्पन्न कूटनीतिक अनिश्चितताबीच लिमामा शनिबार प्रत्यक्ष भेतवार्ता गर्नेछन् । 

    एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहको दुई दिने राष्ट्रप्रमुखस्तरीय बैठकका लागि सी र बाइडेन विश्वका अन्य नेताका साथ बिहीबार लिमा आइपुगेका हुन् ।

    संयुक्त रूपमा विश्वको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत र विश्वव्यापी वाणिज्यको ४० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने र क्षेत्रीय व्यापार उदारीकरणको लक्ष्यका साथ सन् १९८९ मा स्थापना भएको एपेकले २१ वटा अर्थतन्त्रलाई गोलवन्द गरेको छ। 

    समर्थकहरूले समावेशी विकास को संज्ञा दिएका शिखर सम्मेलनको कार्यक्रम व्यापार र लगानीमा केन्द्रित हुनेछ ।

    पेरुले लिमामा शान्ति कायम गर्न सशस्त्र बलका १३ हजारभन्दा बढी सदस्यहरू तैनाथ गरेको छ किनकि यही समय पारी यातायात मजदुर र व्यवसायीहरूले अपराध र कथित सरकारी उपेक्षाको विरोधमा तीन दिनको विरोध प्रदर्शन सुरु गरेका छन्।

    अमेरिकी राष्ट्रपति बाइडेन र उनका चिनियाँ समकक्षी सीबीचको शनिबार हुन लागेको वार्ता जनवरीमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुअघि विश्वका सबैभन्दा ठूला अर्थतन्त्रका शीर्ष नेताहरूबीच हुने सम्भवतः अन्तिम भेट हुने अमेरिकी अधिकारीले बताएका छन् ।

    रिपब्लिकन पार्टीका नवनिर्वाचित राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकालका लागि बेइजिङसँग टकरावको दृष्टिकोण अपनाउने सङ्केत गरेकाले द्विपक्षीय बैठकलाई विशेष महत्तवका साथ नियालिएको छ। 

    अजरबैजानमा जारी कोप–२९ जलवायु वार्ता र अर्को साता रियो दि जेनेरियोमा हुने जी–२० शिखर सम्मेलनका लागि जस्तै ट्रम्पको आगामी कदमबारे देखिएको अनिश्चितताले एजेन्डालाई ओझेलमा पारेको छ।

    बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत एपेकका मन्त्रीहरूले लिमामा बन्द कोठामा बैठक गरेका थिए।

    ट्रम्पले यसै साता ब्लिन्केनको स्थानमा सिनेटर मार्को रुबियोलाई नियुक्त गर्ने घोषणा गरिसकेका छन् । 

    उनी चीनप्रति कडा धारणा राख्ने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पका विश्वासपात्र छन् ।

    सम्मेलनमा जापान, दक्षिण कोरिया, क्यानडा, अष्ट्रेलिया, इन्डोनेसियालगायतको सहभागिता रहने छ।

    एपेक सदस्य राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने सम्मेलनमा उपस्थित  हुनेछैनन् ।

    अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने एजेन्डा संरक्षणवादी व्यापार नीतिहरू, घरेलु जीवाश्म ईन्धन निकासीमा वृद्धि, र विदेशी सङ्घर्षबाट बच्नमा आधारित छ।

    यसले युक्रेन र मध्यपूर्वमा भएको युद्धदेखि जलवायु परिवर्तन र व्यापारसम्मका विषयमा बाइडेनले बनाएको गठबन्धनलाई खतरामा पारेको छ।

    नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति ट्रम्पले द्विपक्षीय व्यापारमा असन्तुलनलाई कम गर्न चिनियाँ सामानको आयातमा ६० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् । 

    चीन लामो समयदेखिको घरजग्गा कारोबार सङ्कट र सुस्त उपभोगसँग जुधिरहेको छ । यसलाई वासिङ्टनसँगको नयाँ व्यापार युद्धले मात्र खराब बनाउन सक्छ।

    अर्थशास्त्रीहरूले दण्डात्मक करले अमेरिकी अर्थतन्त्रलाई पनि हानि पु¥याउने बताएका छन्।

    चीन पश्चिमा मुलुक रुस र उत्तर कोरियाको सहयोगी हो र ताइवानमाथि दबाब बढाउँदै आफ्नो सैन्य क्षमता बढाइरहेको छ।

    यसले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत पूर्वाधार र अन्य परियोजनाहरूमार्फत ल्याटिन अमेरिकामा आफ्नो पहुँच विस्तार गरिरहेको छ।

    चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार लिमाको उत्तरमा पर्ने चान्केमा दक्षिण अमेरिकाको पहिलो चिनियाँ लगानीमा सञ्चालित बन्दरगाहको उद्घाटन गरेको भने यसै सन्दर्भमा अमेरिकी अधिकारीले ल्याटिन अमेरिकी देशहरूलाई चिनियाँ लगानीको मामिलामा सतर्क रहन चेतावनी दिएका छन् ।

    यसैबीच बाइडेनले शुक्रबार जापानका प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग पनि भेटवार्ता  गर्ने छन् ।

    बाइडेनसँगको भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साझेदार राष्ट्रहरूले आफ्नो गठबन्धन ‘अमेरिकी नीतिको स्थायी विशेषता’ हुने सुनिश्चित गर्न सचिवालय गठनको घोषणा गर्ने बताएका छन् । 

    ट्रम्पको आर्थिक वृद्धि गर्ने नीतिको तारो बन्ने चीन एक्लो देश भने होइन ।

    आगामी अमेरिकी राष्ट्रपति ट्रम्पले यदि मेक्सिकोले सीमा पार गर्ने ‘अपराधी र लागूपदार्थको आक्रमण’ रोकेन भने त्यहाँबाट आउने सामानमा २५ प्रतिशत वा सोभन्दा बढी कर लगाउने पनि चेतावनी दिएका छन् । 

    –दिलीप शर्मा

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार