images
images

गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने

गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन आयोजना गर्ने भएको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । 

    खुल्लातर्फको १० किलोमिटर रोड रेस कम्पिटिसनमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटरमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीह’ले मात्र सहभागिता सक्नेछन् । 

    गरिमा रोड रेस कम्पिटिसन २०८१ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।  

    गरिमा रोड रेस कम्पिटिसन २०८१ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट  www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । 

    निर्धारित सहभागी सङ्ख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।  

    मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाडौँमा गरिमा रोड रेस कम्पिटिसन २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रमहरूसमेत आयोजना गर्दैछ । 

    विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रहरूसँगै अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ । 

    काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार