images
images

राष्ट्र बैंकको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो छ ? [पूर्णपाठसहित]

राष्ट्र बैंकको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो छ ? [पूर्णपाठसहित]

शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको भने कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ ।

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • राष्ट्र बैंकको तथ्याङ्क : देशको वर्तमान  आर्थिक तथा वित्तीय अवस्था कस्तो छ ? [पूर्णपाठसहित]
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

    पहिलो त्रैमासमा आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ । यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    यसैगरी, शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको भने कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ ।

    त्यस्तै, नेपाल सरकारको खर्च ३ खर्ब २९ अर्ब २० करोड र राजस्व परिचालन २ खर्ब ४८ अर्ब २६ करोड छ । तथ्याङ्क अनुसार विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार