images
images

गत बर्ष ८ करोडको आलु बिक्री गरेको पर्वतमा आलु खेतीको लागि १ करोड ५० लाख विनियोजन

गत बर्ष ८ करोडको आलु बिक्री गरेको पर्वतमा आलु खेतीको लागि १ करोड ५० लाख विनियोजन

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • images
    images
    गत बर्ष ८ करोडको आलु बिक्री गरेको पर्वतमा आलु खेतीको लागि १ करोड ५० लाख विनियोजन
    images
    images

    पर्वत / खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका ११० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

    images
    images

    गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा १५२ हेक्टरमा आलुखेती गरिएको थियो । 

    यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए । 

    गत आवमा खायन आलु विस्तारका लागि प्रदेश सरकारबाट ३ करोड विनियोजन भएको थियो । खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत आलुखेती लगाइने छ । 

    हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ । गत आवमा जिल्लाभर ३ हजार ३५० मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु बेचेर ८ करोड रुपैयाँ आम्दानी भएको केन्द्रले जनाएको छ । 

    पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस–४२, कुफ्री, ज्योति, ताराखोला जातका आलु राम्रो उत्पादन हुने गरेको छ । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिक टनदेखि अधिकतम ४६ मेट्रिक टनसम्म उत्पादन भएको केन्द्रका बागवानी विकास अधिकृत पौडेलले बताए । 

    यसबाट उपभोगका लागि किसानहरूलाई खरिद गर्न नपर्नुका साथै बिक्रीबाट राम्रो आम्दानी हुने पौडेलले बताए । आलुखेतीमा लागेका किसानलाई अनुदान रकमबाहेक केन्द्रले यान्त्रिकीकरण, मल र बीउमा सहयोगका साथै नियमित रूपमा अनुगमन पनि गर्दै आएको छ ।

    किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ उपलव्ध गराएको छ । कार्यक्रम सुरु हुनुपुर्व  जिल्लाका उत्तरी क्षेत्रमा पर्ने शालिजा, लेखफाँट, बनौ, बाँसखर्क र दक्षिणी भेगका भोक्सिङमा मुख्य बालीका रूपमा आलुखेती हुने गरेको थियो । 

    जिल्लाको १ हजार ३०० हेक्टर जमिन आलु उत्पादनका निम्ति उर्वर मानिन्छ । उक्त क्षेत्रमा १३ हजार ७७५ मेट्रिक टन आलु उत्पादन हुने केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार