images
images

दुर्गा प्रसाईं जस्ता शक्तिहरू एक ठाउँमा आउनुपर्छ : कमल थापा

दुर्गा प्रसाईं जस्ता शक्तिहरू एक ठाउँमा आउनुपर्छ : कमल थापा

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • दुर्गा प्रसाईं जस्ता शक्तिहरू एक ठाउँमा आउनुपर्छ : कमल थापा
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको माग एकताको रहेको बताएका छन् । सोमबार ‘नेपालको राजनीतिमा विदे शी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ति एकता हुन आवश्यक रहेको बताएका हुन् ।

    “एकताको सत्यता नै आत्मियता हो । अहिलेको समयको माग एकता हो । एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक सत्य आउन जरुरी छ । जनतालाई दिनैपर्छ हामीले,” उनले भने, “त्यो दिनको निमित्त मन, बचन, कर्मले तयार हुनुपर्छ । कुनै किसिमको स्वार्थ, सर्त र चाहना मबाट छैन । मात्र हामीले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ति एकता गर्नैपर्ने अवस्था छ ।” 

    साथै उनले दुर्गा प्रसाईंलगायतका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । 

    उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यमबाट सबल र समृद्घ नेपाल  निर्माण गर्न चाहने सबैलाई एकताबद्घ हुन आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार