images
images

नेपाल र चीनबीच कुन कुन विषयमा भयो सहमति ?

नेपाल र चीनबीच कुन कुन विषयमा भयो सहमति ?

नेपाल र चीनबिच भैँसीको तयारी मासु आयातदेखि स्वयंसेवी शिक्षकले चिनियाँ भाषा पढाइनेलगायतका विषयमा सम्झौता

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • नेपाल र चीनबीच कुन कुन विषयमा भयो सहमति ?
    images
    images

    काठमाडौँ / नेपाल र चीनबीच विभिन्न विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति भएको छ । मङ्गलबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमति भएको हो । 

    परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबिच भैँसीको तयारी मासु निर्यात, व्यापार अभिवृद्धि, बसन्तपुर दरबार पुनर्निर्माण, आर्थिक तथा प्राविधिक सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्रमा हस्तक्षर भएको छ । 

    यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी गरेको थियो । नेपालले सबै मापदण्ड पूरा गरेपछि अब चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने भएको हो ।

    त्यस्तै, टोखा छहरे सुरुङमार्ग निर्माण, नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्बन्धी सम्झौता पनि भएको छ । २०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरको नौतले दरबारको पुनर्संरचना गरेको चीनले नेपाललाई हस्तान्तरण गरिसकेको छ । त्यसको प्रमाणपत्र पनि अदानप्रदान गरिएको छ ।

    नेपालका विभिन्न विद्यालयमा चिनियाँ शिक्षक स्वंयसेवीले चिनियाँ भाषा पढाउने विषयमा पनि दुई देशबिच समझदारी भएको छ । 

    आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनुको साथै नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच (सीएमजी)बिच सञ्चार प्रविधिबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    कुन कुन विषयमा भयो सहमति ? 

    - टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान

    - नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र

    - नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान

    - फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल

    - विकास योजना सम्बन्धी समझदारी पत्र

    - आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

    - नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान

    - स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र

    - नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् । 

    प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए ।

    प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।  

    अहिले दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । 

    ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।

    भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार