images
images

काठमाडौँ उपत्यकाको तापक्रम बढ्यो

काठमाडौँ उपत्यकाको तापक्रम बढ्यो

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौँ उपत्यकाको तापक्रम बढ्यो
    images
    images

    काठमाडौँ / काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनमा शुक्रबार ३ डिग्री सेल्सियसभन्दा बढीले बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम क्रमश बढ्दै गएको हो ।

    मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार ५.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकैदिनमा बढेर शुक्रबार ८.९ डिग्री सेल्सियसमा उक्लिएको हो । 

    मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम् र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।

    मौसमविदहरूका अनुसार राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा न्यूनतम तापक्रम घट्छ । 

    न्यूनतम् तापक्रम सामान्यतया हरेक दिन बिहान ८ः४५ तथा अधिकतम् तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार