images
images

प्राधिकरणद्वारा ४ ओटा बिमालेख जारी, २ लाख बराबरको दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने

प्राधिकरणद्वारा ४ ओटा बिमालेख जारी, २ लाख बराबरको दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • images
    images
    प्राधिकरणद्वारा ४ ओटा बिमालेख जारी, २ लाख बराबरको दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने
    images
    images

    काठमाडौँ / नेपाल बिमा प्राधिकरणले ४ ओटा बिमालेख जारी गरेको छ । प्राधिकरणले मंसिर ४ गते कृषि क्षेत्रअन्तर्गतका ४ ओटा बिमालेख कफीखेती, मौरी, उखुखेती तथा तरकारीखेती बिमालेख सार्वजनिक गरेको हो ।

    images
    images

    प्राधिकरणले संशोधन तथा परिमार्जन गरी जारी गरेको उक्त बिमालेखलाई बिमा कम्पनीहरूले हु–बहु रूपमा लागु गर्नुपर्ने प्राधिकरणका निर्देशक पूजन ढुङ्गेलले जानकारी बताइन् । 

    उखु खेती बिमालेखतर्फ आगलागी, हावाहुरी, जल उत्पन्न तथा मौसमजन्य, भूमिजन्य, चट्याङ्गको कारणले, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणले हुने क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति बिमकले क्षतिपूर्ति प्रदान गर्नेछ । 

    त्यस्तै, तरकारीखेतीतर्फ आगलागी, हावाहुरी, जल उत्पन्न तथा मौसमजन्य क्षति, अतिवृष्टि वा वेमौसमी वर्षाको कारणले भएको क्षति, असिना वा हिउँको कारणले भएको क्षति, बाढी पहिरोको कारणले भएको क्षति, खडेरी, तुसारो, शितलहरको कारणले भएको क्षति, भूमिजन्य क्षति, भूकम्पको कारणले भएको क्षति, चट्याङ्ग, रोगकिरा, जंगली जनावरको आक्रमण गरेर भएको क्षतिमा बिमितले क्षतिपूर्ति पाउने उल्लेख छ । 

    त्यस्तै, बिमितले कम्तीमा २ लाखसम्मको दुर्घटना बिमा अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तो दुर्घटना बिमाका लागि २०० रुपैयाँ बिमाशुल्क तोकिएको छ भने यसमा अनुदान नपाइने उल्लेख गरिएको छ । 

    एक बर्ष वा सोभन्दा कम अवधिको लागि जारी हुने बिमालेखमा दुर्घटना बिमाको अवधि एक बर्षको हुनेछ । त्यस्तै, एउटै व्यक्तिले एकभन्दा धेरै कृषि बिमा गरेको अवस्थामा फरक फरक दुर्घटना बिमा आवश्यक नभएको प्राधिकरणले प्रस्ट पारेको छ । 

    उल्लेखित बिमालेख अन्तर्गत हुने अन्य अप्रत्यक्ष क्षति, अधिकारप्राप्त निकायको आदेशमा नष्ट गरिएको अवस्था, विकिरणयुक्त पदार्थका कारणले भएको क्षति, आणविक हतियारबाट भएको क्षतिलगायतमा भने बिमाको दायित्व बहन नगर्ने प्राधिकरणले उल्लेख गरेको छ । 

    उता, दुर्घटना बिमा अन्तर्गत त्यस्तो व्यक्तिको आत्महत्या, स्पाइनल इञ्जुरी, एक वा दुवै हातको नाडी वा खुट्टाको गोली गाँठोभन्दा माथिको पुरै खुट्टा काम नलाग्ने भएमा यस्तो बिमा रकम प्राप्त गर्न सकिने जनाइएको छ ।

    यसैगरी, जाँच परीक्षण गर्दा बिमितले सर्त पूरा नगरेमा, विवरण ढाँटेको पाइएमा, खेती त्याग गरेमा, गैरकानुनी तवरले बिमा गराएमा, बिमायोग्य हित कायम नभएमा बिमालेख रद्द हुनसक्ने प्राधिकरणले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार