images
images

मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार   २८ लाखभन्दा बढी रकम बढी सङ्कलन

मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार   २८ लाखभन्दा बढी रकम बढी सङ्कलन

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार   २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
    images
    images

    सुर्खेत/ कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ। 

    शुक्रवारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ।


    महायज्ञको चौथो दिन सोमवार मात्रै २८ लाख ४० हजार ६७५ बराबरको रकम सङ्कलन भएको छ । सोमवार दिनभर दुई वटा निकाय र ८३ जना दाताहरुले दान दिएका छन् ।

     
    सल्यानको दार्मा गाउँपालिकाले आश्रमको दुईवटा कोठा निर्माण गरिदिने भएको छ ।

     गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकाको तर्फबाट दुईवटा कोठा निर्माणका लागि १३ लाख २ हजार २३० रुपैयाँ दिने घोषणा गरे । उनी महायज्ञस्थलमै आएर उक्त घोषणा गरेका हुन् ।


    यस्तै ग्रीन ल्यान्ड एकेडिएमी सुर्खेतले ५१ हजार ५ रुपैयाँ दान गरेको छ । दान गर्ने दाताहरुमा कतिपयले ६ लाखसम्म पनि गरेका छन् ।

     
    महायज्ञ मूल आयोजक समितिका संयोजक केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।

    उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानव सेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।

    यी हुन् सोमवार दान गर्ने दाताहरु 

    —सुवास अधिकारी र अमृता बोहोरा भवनको एक कोठा निर्माण गर्ने, त्यसका लागि ६ लाख ५१ हजार ११५
    —बलराम शर्मा जोशी ५ हजार २०
    — चन्द्र बुढाक्षेत्री, कलशा बुढाक्षेत्री ५ हजार १ सय
    — डण्डप्रसाद चालिसे, उमादेवी चालिसे ५ हजार १ सय ५५ रुयैयाँ 
    —रामलाल तिवारी, सीता २ हजार ७ सय ५५
    —लक्ष्मी मल्ल २ हजार ५ सय ५
    —जोगमाया गिरी ११ हजार १५ रुपैयाँ
    —लक्ष्मीनारायण पौडेल ५ हजार ५ सय ५५
    — भिमप्रसाद शर्मा लामिछाने ११ हजार ५ सय ५५
    —तुलादेवी पुन १३ हजार २ सय ५
    —भिमराज, शान्तिदेवी कँडेल ५ हजार १ सय ५५
    —गोबिन्द्र प्रसाद ढकाल ५ हजार ५ रुपैयाँ
    —नारदप्रसाद उपाध्याय ११ हजार १० रुपैयाँ
    — खगिसरा पौडेल ५ हजार ५ सय ५५
    — नन्दलाल सुवेदी ११ हजार ५ रुपैयाँ
    — भगवती सापकोटा ११ हजार १ सय 
    —लक्ष्मी प्रसाद शर्मा १ लाख ११ हजार ५१ 
    — बालाराम शर्मा २१ हजार १५५ 
    — शेर बहादुर कार्की र कुसुम खत्री २५ हजार 
    —आएना स्वार १ लाख १०५ 
    — घनश्याम चपाई, राधा चपाई २१ हजार १११
    — शेर बहादुर रावत, पीमा रावत, गणेश रावत १ लाख ११ हजार १५१ 
    — लोक बहादुर बस्नेत र लक्ष्मी कुमारी बस्नेत ५१ हजार १५५ 
    — डिल्लीराम पौडेल, मनकुमारी पौडेल ५१ हजार 
    —महिला सेवा समाज, सुर्खेत २५ हजार १०५ 
    —जिल्ला व्याटमिन्टेन संघ सुर्खेत २१ हजार १०० 
    — राजकुमारी अधिकारी ५१ हजार १०१ 
    — भिमकली चपाई १ लाख १ हजार १००

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार