images
images

आर्थिक सङ्कटको चपेटामा हेटौँडा सिमेन्ट, प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढेको बढ्यै

आर्थिक सङ्कटको चपेटामा हेटौँडा सिमेन्ट, प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढेको बढ्यै

उद्योग बन्द हुँदा करौडौँ रकम घाटा व्यहोर्नु पर्ने बाध्यता त छँदैछ, त्यसमाथि उद्योगको दैनिक खर्च, कर्मचारीको तलब भत्ता र मेसिनरी औजारको मर्मत सम्भारको दायित्व पनि बढ्दो

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • आर्थिक सङ्कटको चपेटामा हेटौँडा सिमेन्ट, प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढेको बढ्यै
    images
    images

    सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट देखिएको छ । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको कारण अहिले उद्योगमा आर्थिक सङ्कट देखिएको हो । पुराना औजार, आर्थिक मन्दी, कर्मचारी र प्रविधि अभावका कारण उद्योग चलायमान हुन सकेको छैन ।

    बर्षमा मुस्किलले ३÷४ महिना मात्रै चल्ने उद्योग असोज १५ गतेदेखि बन्द छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको जानकारी दिएको भए पनि अझै उद्योग सञ्चालनमा आउन सकेको छैन । 

    उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको व्यवस्थापनले जानकारी दिएको थियो । 

    उद्योग बन्द हुँदा करौडौँ रकम घाटा व्यहोर्नु पर्ने बाध्यता त छँदैछ, त्यसमाथि उद्योगको दैनिक खर्च, कर्मचारीको तलब भत्ता र मेसिनरी औजारको मर्मत सम्भारको दायित्व पनि बढ्दो छ ।

    उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । 

    आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले  बताए ।

    उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । “हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,”, उनले भने । 

    आर्थिक अभावका कारण यसअघि  पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको  उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।  

    ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसारको कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजार लगायतका समस्याका कारण उद्योग सञ्चालनमा ल्याउन कठिन भइरहेको उनले बताए । पछिल्लो समय बिजुली खर्चमा समेत वृद्धि भइरहेको उनको भनाइ छ । 

    बजारमा आएको आर्थिक मन्दीका कारण सिमेन्ट बिक्रीसमेत घट्दो क्रममा रहेकाले उद्योगले निरन्तर घाटा व्यहोरिरहेको उनले बताए ।

    आर्थिक वर्ष २०७४÷०७५ मा १६ करोड ३६ लाख तीन हजार चार सय ९९ रुपैयाँ नाफा कमाएको उद्योग त्यसयता भने लगातार घाटामा छ । पछिल्लो पाँच वर्षदेखि लगातार घाटा बेहोरेको छ । 

    विद्युत् महसुल बढेको र सिमेन्टको बजार मूल्य घटेका कारण पनि उद्योगले घाटा ब्यहोर्नु परेको बताइएको छ। तत्कालीन समयमा एक अर्ब ३८ करोड ९० लाखको लागतमा वि.सं. २०३३ सालमा हेटौँडा–९ लामसुरेमा हेटौँडा सिमेन्ट उद्योग स्थापना भएको हो । 

    उद्योगले २०४३ मङ्सिर २६ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार