images
images

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव योजना : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव योजना : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार

शुक्रवार, पुस १९ २०८१
शुक्रवार, पुस १९ २०८१
  • ग्लोबल आइएमई बैंकको वार्षिकोत्सव योजना : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विशेष उपहार
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको क्यूआर कोड मर्चेन्टहरूका लागि विशेष उपहार योजना ल्याएको छ । बैंकले फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको हो ।

    ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ ।  सोही अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्म सञ्चालनमा ल्याएको छ । 

    यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजनाअवधिमा १८० रुपैयाँ वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रुपैयाँ क्यास्ब्याक प्राप्त गर्नेछन् र योजनाअवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरूले स्मार्टफोन जित्नेछन् । 

    साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।

    साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ ओटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार