images
images

शुक्रबारको राशिफल : आज तपाईँको दिन कति फलदायी रहनेछ ? हेर्नुस्

शुक्रबारको राशिफल : आज तपाईँको दिन कति फलदायी रहनेछ ? हेर्नुस्

शुक्रवार, चैत २९ २०८१
शुक्रवार, चैत २९ २०८१
  • शुक्रबारको राशिफल : आज तपाईँको दिन कति फलदायी रहनेछ ? हेर्नुस्
    images
    images
    images
    images

    आज विक्रम संवत, २०८१ साल चैत्र २९ गते,  शुक्रबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल ११ तारिख, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष, चतुर्दशी तिथी, उत्तराफाल्गुनी नक्षत्र, आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कन्या । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    परिश्रमको उचित मूल्याङ्कन हुनेछ । निर्माण, खाद्यान्न, कपडा र गरगहनाको व्यवसाय फस्टाउनेछ । प्रस्पिर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ भने मनग्य फाइदा पनि लिन सकिनेछ । नोकरीमा बढुवा हुने योग छ भने नयाँ नोकरी प्राप्त हुनसक्छ । आयआर्जनको स्रोत बृद्धि हुनेछ । दिगो फाइदाको लागि काम सुरु गर्ने समय छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    प्रतिस्पर्धामा सफलता मिल्नेछ । बौद्धिक क्षेत्रले मनग्य फाइदा दिलाउनेछ । कीर्तिमानी काम सम्पादन हुनेछ । रोकिएको काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापार व्यवसाय, कृषि र पशुपालनको क्षेत्रमा पनि राम्रै लाभ रहेको छ । विशिष्ट व्यक्तिसँग भेटघाट महोला । वैदेशिक रोजगारीमा सफलता मिल्नेछ । घरजग्गाको कारोबारबाट फाइदा हुनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    महत्त्वपूर्ण काममा आफैँ अघि सर्नुहोला । कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ । मिहेनतको परिणाम हात पर्नेछ । रोकिएको काम सम्पादन गर्ने समय छ । कृषि तथा पशुपालन व्यवसायबाट लाभ लिन सकिनेछ र रोकिएको काम प्रारम्भ हुनेछ । सवारी साधन खरिद बिक्री तथा ठेक्कापट्टाको कारोबारबाट फाइदा लिन सकिनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    उद्योग तथा व्यापार व्यवसायबाट मनग्य नाफा लिन सकिनेछ । यात्राको सम्भावना छ । जग्गा जमिनबाटको कारोबारबाट फाइदा लिन सकिनेछ । भौतिक साधन जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साहसिक काम गरेर प्रशस्त लाभ लिन सकिनेछ । दिगो फाइदा हुने काम हात पर्नेछ । अरुको विश्वास जित्न सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मनोरञ्जन र कला क्षेत्रमा गरिएको लगानीबाट मनग्य फाइदा लिन सकिनेछ । भौतिक सम्पत्ति सम्पत्तिको प्रयोगले आम्दानीको स्रोत बढाउन सकिने समय छ । सौख पूरा गर्न गर्दा खर्च बढ्नेछ । आम्दानी बढ्नाले भौतिक सम्पति जोड्न सकिनेछ । तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त होला । बोलीको प्रभाव बढ्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसाय फस्टाउने समय छ । प्रतिस्पर्धामा विजयी हुने समय छ । लामो यात्राको सम्भावना छ । राजनीतिक र सामाजिक कामबाट राम्रो उपलब्धि हात पर्नेछ । मेहनतको परिणामले आत्मविश्वास बढ्नेछ । आकर्षक उपहार प्राप्त होला । मानसम्मान बढ्ने समय छ । सहयोगीहरूको साथले आँटेको काम सम्पादन गर्न सकिनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ । कृषि तथा पशुपालनबाट आम्दानी बढ्नेछ । स्वदेशी उत्पादन भन्दा विदेशबाट आयातित सामानको व्यापार व्यवसाय फस्टाउनेछ । खर्च बढ्दा सञ्चित धन सकिनेछ । यद्यपि, कर्जामार्फत आवश्यक खर्च जुटाउन सकिनेछ । यात्राको सम्भावना रहेको छ । गरेका कामबाट तत्काल फाइदा नभए पनि भविष्यमा भने लाभ लिन सकिनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आम्दानी बढ्नाले भौतिक सम्पत्ति जोड्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । महेनतले प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ । मनग्य आम्दानी बढ्ने काम सुरु गर्न सकिने समय छ । मेहनतले चुनौतिपूर्ण काम सम्पादन होला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। आम्दानीको स्रोत बढ्नेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ला । मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ । रोजगारीको लागि यात्राको सम्भावना छ । नोकरीमा बढुवा तथा स्थानान्तरणको योग छ । मेहनतले नाम, दाम र इनाम प्राप्त होला । भविष्यका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । अरुलाईसमेत फाइदा हुने तारिफयोग्य काम बन्ने समय छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ । चुनौतिपूर्ण जिम्मेवारी सफलताका साथ सम्पादन गर्न सकिनेछ । शुभचिन्तक र सहयोगीहरूको साथ मिल्दा कठिन काम पनि सहजै सम्पादन हुनेछ । नाम, दाम र प्रतिष्ठा कमाउने समय छ । चौतर्फी प्रशंसा हुनेछ भने प्रतिस्पर्धामा विजयी भइनेछ । आँटेको काम समयमै सम्पादन हुनेछ भने विशेष अवसर प्राप्त हुनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार व्यवसायमा लगानी बढाउनुपर्ला । मेहनतको प्रतिफल सोचेजस्तो नहुन सक्छ । भौतिक सम्पत्ति र सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । चुनौतिका बाजवुद तारिफयोग्य काम सम्पादन गर्न सकिएला । व्यापार व्यवसायमा आम्दानी सोचेजस्तो नहुन सक्छ । धेरै मेहनत गर्दा न्यून प्रतिफल हात पर्नेछ । आर्थिक सङ्कट झेल्नुपर्ला । कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    साझेदारीको व्यापार व्यवसायमा लगानी गरी प्रशस्त फाइदा लिन सकिनेछ । लामो दुरीको यात्राको योग छ । व्यापार व्यवसायका लागि गरिएको यात्रा लाभदायी रहनेछ । खर्च बढे पनि प्रशस्त आम्दानी हुनेछ । परिवार र शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । गोपनीयता बाहिरिदा समस्यामा परिएला । नयाँ अवसर प्राप्त हुनेछ भने अरुको विश्वास गर्दा धोका हुनसक्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com