images
images

सस्तियो अमेरिकी डलर, अन्य देशको मुद्राको भाउ कति ?

सस्तियो अमेरिकी डलर, अन्य देशको मुद्राको भाउ कति ?

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • सस्तियो अमेरिकी डलर, अन्य देशको मुद्राको भाउ कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । बुधबार खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम भएको अमेरिकी डलरको भाउ घटेर आज खरिदमा १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसा कायम भएको हो। 

    युरोपियन युरो एकको खरिान १४२ रुपैयाँ १२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०० रुपैयाँ ८९ पैसा र बिक्रीदर १०० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, राष्ट्र बैंकले जापानी येन १० को खरिदर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा तोकेको छ । 

    त्यस्तै, थाई भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ५ पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ । 

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर ४४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार