काठमाडौँ / मङ्गलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४६ पैसा तोकिएको छ । यसअघि भने अमेरिकी डलर एकको खरिद मूल्य १३७ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ २४ पैसा तोकिएको थियो । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ ।
एक युरोको खरिदमा १४४ रुपैयाँ ९३ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७३ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिद मूल्य १०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ९६ पैसा र बिक्री दर ९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ ९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन १०० को खरिदमा ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिद मूल्य १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
त्यस्तै, ओमानी रियाल एकको खरिददर ३५८ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ६५ पैसा तोकिएको छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।