images
images

तातोपानी कुण्ड पुगे प्रचण्ड, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड

तातोपानी कुण्ड पुगे प्रचण्ड, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • तातोपानी कुण्ड पुगे प्रचण्ड, कुण्ड वरपर तटबन्ध निर्माणमा जोड
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् । 

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सन्जाल फेसबुकपेजमा उक्त भिडियो पोस्ट गरेका छन् ।

    सो क्रममा बोल्दै उनले कही बर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरुको साथमा तातोपानी कुण्ड आएको स्मारण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए । 

    त्यसबेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन् । तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे । 

    यसका लागि पटक पटक बजेट बिनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए ।

    उनका अनुसार यो बहुवार्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो ।  तातोपानी कुण्डका पदाधिकारीले बर्षातको समय आउनसक्ने बाढी र गर्ने सक्ने क्षति न्युनीकरणका बारेमा जानकारी गराएका थिए । 

    अध्यक्ष प्रचण्डले बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार