images
images

सिटिजन्स बैंकका ग्राहकहरूलाई वात्सल्य नेचुरल आइभिएफमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई वात्सल्य नेचुरल आइभिएफमा विशेष छुट

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • सिटिजन्स बैंकका ग्राहकहरूलाई वात्सल्य नेचुरल आइभिएफमा विशेष छुट
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले नारायणचौर, काठमाडौँस्थित वात्सल्य नेचुरल आइभिएफमा विशेष छुट पाउने भएका छन् ।

    बैंक र वात्सल्य नेचुरलबिच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका ग्राहकहरूले यस्तो छुट सुविधा पाउने भएका हुन् । 

    सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    विश्वकै प्रतिष्ठित अवार्ड 'बैंक अफ द ईयर २०२४'को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार