आइएमई लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश प्रस्ताव

आइएमई लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश प्रस्ताव

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • images
    images
    आइएमई लाइफ इन्स्योरेन्सद्वारा नगद लाभांश प्रस्ताव

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक बर्ष २०८०/८१ को वित्तीय विवरण बमोजिमको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको २१४औँ बैठकले कम्पनीको आगामी बार्षिक साधरण सभाको लागि तय हुने बुक क्लोज मितिमा कायम सेयरधनीले लाभांश पाउने गरी कुल २१.०५२६४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

    आइएमई लाइफको हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको आधारमा २१.०५२६४ प्रतिशत अर्थात १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ लाभांश वितरण गर्ने बैठकको निर्णय छ । उक्त लाभांश रकम बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरूले प्राप्त गर्नेछन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय