images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।

    जसअनुसार देशमा पश्चिमी  वायूको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो  लागेको छ। 

    आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।   कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    शनिबार कोशी प्रदेश , गण्डकी  प्रदेश र  कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश , गण्डकी  प्रदेश र  कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    बर्षा, हिमपात, हुस्सु र कुहिरो लाग्ने सम्भावना भएको क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार