काठमाडौँ / साताको अन्तिम कारोबार शुक्रबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको भए पनि चाँदी महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो ।
बिहीबार छापावाल सुनको भाउ तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको हो ।
यसैगरी, चाँदीको भाउ तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि भने १ हजार ९ सय ८५ रुपैयाँ तोकिएको छ ।