काठमाडौँ / नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रा.लि.ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘ड्राइभ फर अ कज’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम दिगोपन र सामाजिक प्रभावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, जसमा सहभागीहरूलाई समाजमा सकारात्मक योगदान दिन आमन्त्रित गरिएको छ।
यस अवसरमा, सहभागीहरूलाई स्टेसनरी, खेलौना, र अन्य आवश्यक सामग्री दान गर्न प्रोत्साहित गरिएको छ, जसले सेरेब्रल पाल्सीका लागि स्व-समूह सहायता (Self-Help Group for Cerebral Palsy) लाई सहयोग पुग्नेछ ।
कार्यक्रमको मूख्य आकर्षण धापाखेलस्थित सेरेब्रल पाल्सी स्कुलसम्मको ड्राइभ हुनेछ, जहाँ सहभागीहरूले बालबालिकासँग अन्तर्क्रिया गर्न र उनीहरूको भलाइका लागि योगदान दिन सक्नेछन्।
कम्पनीले रियुज र रिसाइकलिङलाई बढावा दिने उद्देश्यले, सहभागीहरूलाई प्रयोग गर्न मिल्ने पुराना पुस्तकहरू, खेलौना, वा राम्रो अवस्थामा रहेका ह्वीलचेयरहरू लिएर आउन अनुरोध गरेको छ ।
स्कुलका बालबालिकाहरूका लागि आवश्यक नयाँ स्टेसनरी सामग्री लक्ष्मी ई-मोबिलिटीले प्रदान गर्नेछ। केई नेपालले हुन्डाई ईभी सोरुम, थापाथलीबाट बिहान ८ः३० बजेदेखि र्याली सुरु हुने जानकारी दिएको छ ।