images
images

आइतबारको राशिफल : नाम, दाम र इनाम प्राप्तिको अवसर आज कस–कसलाई छ ? हेर्नुस्

आइतबारको राशिफल : नाम, दाम र इनाम प्राप्तिको अवसर आज कस–कसलाई छ ? हेर्नुस्

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    आइतबारको राशिफल : नाम, दाम र इनाम प्राप्तिको अवसर आज कस–कसलाई छ ? हेर्नुस्
    images
    images

    आज वि.सं. २०८१ साल फाल्गुन २५ गते, आइतबार तदनुसार इस्वी सन् २०२५ मार्च ९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । दशमी तिथि आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त कर्कट । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । रोकिएका र नयाँ काम बन्ने समय छ । नाम, दाम र इनाम कमाउने समय छ । बैंक, वित्त तथा सेयर बजारबाट फाइदा लिन सकिनेछ । नयाँ कार्य थाल्नुभन्दा पनि पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आय आर्जन सामान्य रहनेछ। समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । मेहनतले मानसम्मान दिलाउनेछ । सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । सहयोगीहरूको साथ मिल्नेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आर्थिक कारोबारमा प्रगतिका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूबाट प्रशंसा मिल्नेछ । सहासिक निर्णय लिने समय छ । भौतिक र आकर्षक वस्तुको प्रयोग गर्न पाइनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ ।  व्यापारमा फाइदा हुनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    धैर्य र पराक्रममा वृद्धि हुनेछ। विदेशमा पेसा व्यवसाय गर्ने र जागिर गर्नेहरूको लागि आजको दिन राम्रो छ । खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काम बन्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सुखदायी यात्रा हुनेछ । भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ।  सेयर बजार र नयाँ कामबाट आम्दानी बढाउन सकिनेछ । परिणाममुखी काम बन्नेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुनेछ । नयाँ तथा मन परेको सवारी साधन र भौतिक सम्पत्ति लाभ हुनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। व्यवसायमा लगानी बढाउने समय छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    भाग्यले विभिन्न अवसरहरू दिलाउन सक्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्र तथा वित्तीय बजारमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ । महत्वकांशी र प्रतिष्ठित काम सम्पन्न हुनेछ । काम रोकिए पनि लाभांश प्राप्त हुनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नोकरीमा पदोन्नति तथा स्थानान्तरणको सम्भावना रहेको छ । अध्ययन अनुसन्धानमूलक क्षेत्रमा सफलता मिल्नेछ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको अवसर मिल्नेछ। विशेष अवसर प्राप्त हुनेछ । मेहनतले  दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार तथा वित्तीय क्षेत्रको नाफामा वृद्धि हुनेछ भने आम्दानीका नयाँ स्रोतहरू थपिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभावले आम्दानी बढोत्तरी हुनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ । प्रयत्नले रोकिएको र जटिल काम सम्पन्न गर्न सकिनेछ । नियमित कामबाट आंशिक लाभ हुनेछ। व्यापार व्यवसायमा आफ्नाको साथ र सहयोग मिल्नेछ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    जोस जाँगर बढ्दा आज चुनौतिपूर्ण कामहरू सम्पन्न गर्न सकिनेछ । व्यापार तथा सेयर बजारबाट नाफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ । व्यवसायबाट मनग्य आम्दानी लिन सकिनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ । यात्राको अवसर छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना कारोबार सल्टिाउन सकिनेछ । व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ पाइनेछ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । चुनौतीपूर्ण काम बन्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी काम सुरु गर्ने समय छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आर्थिक अवस्था सुदृढ हुनेछ । नाम तथा दाम कमाउन सकिनेछ ।  बैंक तथा वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ । व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।  विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    उपलब्धिमूलक काम सम्पन्न गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधन जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रतिष्ठामा वृद्धि हुने समय छ । सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । यद्यपि, गोपनीयतामा ख्याल गर्नुहोला । विशेष उपलब्धिका लागि भने केही समय पर्खनुहोस् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार