images
images

लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज फ्री

लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज फ्री

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज फ्री
    images
    images

    काठमाडौं/  इलेक्ट्रिक स्कुटरको बजारमा ख्यातिप्राप्त लुयान नेपालले होलीको अवसरमा विशेष अफर सँचालन गरेको छ।

    images
    images


    लुयान तथा इकुटरका कुनै पनि स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुटका साथै हेलमेट, बाइक कभर तथा होली टिसर्ट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।


    हाल कम्पनीसँग रु. १ लाख ५० हजार देखि २ लाख ७० हजारसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर रहेका छन्। जसमध्ये सबैभन्दा परिचित र बढी बिक्रि हुने MNK3 मोडेलको स्कुटर हो । 

    जसको मुल्य जम्मा १ लाख ९२ हजार ६ सय मात्र छ । त्यसमा पनि अहिलेको अफरमा किन्दा जम्मा १ लाख ७७ हजार ६ सयमा पाउन सकिन्छ।

    त्यसैगरी, कम्पनीसँग रु. २ लाख १५ हजार १ सयमा लुयानको क्ढण्, २ लाख २५ हजारमा इकुटरको S90, २ लाख ९ हजार ७ सयमा विँगर लगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । 

    कम्पनीसँग जम्मा १ लाख ५० हजार पर्ने काइसाइ ब्राण्डको स्कुटर पनि रहेको छ।


    कम्पनीले लिथियम आयन र ग्राफिनी दुबै ब्याट्री अप्सनमा स्कुटरहरु उपलब्ध गराएको छ ।

    सामान्यतयाः नेपाली बजारमा भएका अन्य इलेक्ट्रिक स्कुटरहरुको तुलनामा समान गुणस्तर र कन्फिगुरेसनमा हेर्दा लुयानका स्कुटर धेरै नै सस्तो रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए।

     त्यसका साथसाथै स्पेयर पार्ट्सको पनि मुल्य कम भएको उनको दाबी छ ।

    कुनै पनि सवारीसाधनको बिक्रि भन्दापनि बिक्री पछिको सेवा महत्वपुर्ण हुने भन्दै सेल्स हेड शर्माले त्यसका लागि कम्पनीको काठमाण्डौं उपत्यका भित्र मात्रै १५ वटा सर्भिस सेन्टर सँचालनमा रहेको जानकारी दिए।


    लुयान तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक सोल डिस्ट्रिव्यटर जीरो इमिसन राइड एन रहेको छ। 

    जसले नेपाली बजारमा विगत ६ बर्षदेखि इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार