काठमाडौँ / एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
बैंकको फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको ४८४औँ बैठकले सिइओमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले हाल प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुनिल केसीलाई आगामी २०८२ बैशाख ९ गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ ।
नवनियुक्त घिमिरे बैशाख १० गतेदेखि कार्यकाल सम्हाल्नेछन् । उनको कार्यकाल आगामी ४ बर्षसम्म रहनेछ ।
यसैगरी, बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा भएको छ ।
उनको बढुवा पनि आगामी बैशाख १० गते देखि लागु हुनेछ।
त्यस्तै, बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफदिइयर एसिया २०२१’को उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।