आज वि.सं. २०८१ चैत ३ गते, आइतवार तदनुसार १६ मार्च २०२५ । चैत्र कृष्णपक्ष द्वितीया तिथि, १५ बजेर १६ मिनेटपछि तृतीया। हस्त नक्षत्र, १० बजेर २८ मिनेटपछि चित्रा। चन्द्रराशि कन्या।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्य सुरू गर्न सक्नुहुनेछ र श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा खर्च बढ्न सक्छ। मेहनतले विभिन्न अवसर प्राप्त गर्न सकिनेछ र प्रतिस्पर्धा जित्न सक्छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समझदारी र सन्तुलित निर्णयले तपाईंलाई सफलता दिलाउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नयाँ कामका लागि सहकार्य गर्ने अवसरहरू पाइनेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज परिस्थिति अनुकूल नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्नेछ र काममा विघ्नहरू आउन सक्छ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अरुको लागि बुद्धि र बल खर्च गर्नुपर्ला। व्यापारमा लाभ रहनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ। प्रशासनिक क्षेत्रमा सोचेअनुरूप कार्य नहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कृषि वा पशुधनबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा संघर्ष बढ्न सक्छ, तर तपाईको परिश्रम र पुरुषार्थले नाम, दाम र इनाम दिलाउन सक्छ। तपाईंको फाइदाका लागि अग्रजहरूको सहयोग पाइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलता दिलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा सफल हुने योग छ। राजनीतिक क्षेत्र र प्रतिस्पर्धामा सफलता मिल्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आम्दानी बढाउन सहयोग पुग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज ईर्ष्या र अहंकारको प्रभावले योजनामा बाधा आउन सक्छ। धनको मामिलामा कसैसँग छिटो विश्वास नगर्नुहोस्। पुराना कमजोरीहरू सुधार्न अवसर पाइनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्षमा सुधार हुनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखाउन सक्छ। खर्चमा सजग रहनुहोस् र योजनाबद्ध यात्रा गर्नुहोस्। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लक्ष्य प्राप्तिका लागि संघर्ष गर्नुपर्छ, तर वाकचातुर्य र प्रयासले धेरै समस्याहरूलाई हल गर्न सकिन्छ। व्यापारमा लाभ हुनेछ र श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अचल सम्पत्तिको खरीद-बिक्रीका लागि उपयुक्त समय छ। पारिवारिक समस्याहरू समाधान हुनेछ र नयाँ कामका लागि अवसरहरू पाइनेछन्। आफ्नो क्षेत्रको प्रभुत्वलाई मजबुत बनाउन सक्नुहुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिनमा विभिन्न कार्यहरूमा जोखिम बढ्न सक्छ। सामाजिक कार्यक्रमहरूमा सम्मान बढ्नेछ भने आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूले फाइदा दिलाउन सक्छ। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। नयाँ कामको जग बसाउने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च बढ्ने समय छ । गोपनीयता बाहिरिनाले समस्या पर्ला। आयस्रोत फेला परे पनि धन संग्रहमा बाधा पुग्नेछ। चुनौतीपूर्ण समय भएकोले र पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला।आर्थिक मामिलामा सजग रहनुहोस् । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । यद्यपि, बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। आज साहसिक कार्यहरूमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ र मित्रहरूको सहयोग पाइनेछ। आम्दानी बढ्नेछ र जीवनशैली आनन्दमय रहनेछ। सोखले भौतिक सम्पत्ति जुटाउन प्रेरित गर्नेछ। योजनाहरू कार्यान्वयन गर्ने समय छ ।