images
images

धम्म यात्राको के छ महत्व ?, भैरहवामा बाटोमा फूल छरेर भिक्षुको स्वागत

धम्म यात्राको के छ महत्व ?, भैरहवामा बाटोमा फूल छरेर भिक्षुको स्वागत

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    धम्म यात्राको के छ महत्व ?, भैरहवामा बाटोमा फूल छरेर भिक्षुको स्वागत
    images
    images

    भैरहवामा पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु) हरूको ‘धम्म यात्रा’ सम्पन्न भएको छ। सिद्धार्थ रंगशालाबाट सुरु भएको यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा पुगेर समापन भएको थियो।

    images
    images

    लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाइला अघि बढ्ने बाटोमा फूल छरेर सम्मान व्यक्त गरे। यस यात्रासँगै श्रामणेरहरूको प्रव्रज्या कार्यक्रम पनि सम्पन्न भएको छ।

    थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषसहितको सहआयोजनामा पाँच सय जनालाई प्रव्रज्या गराइएको थियो। प्रव्रज्या ग्रहण गरेपछि उनीहरू श्रामणेर (अल्पकालीन भिक्षु) बनेका छन्।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरका अनुसार धम्म यात्राले सर्वसाधारणमा धर्मचेतना जागरण गराउने, करुणा र मैत्रीभाव उत्पन्न गराउने भएकाले यस कार्यक्रमको आयोजना गरिएको हो।

    धम्म यात्राको महत्व

    अल्पकालीन भिक्षुहरूले पहेलो चीवर धारण गरी बुद्ध धर्मका १० नियम पालना गर्नुपर्छ। सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा बस्नुपर्ने हुन्छ। स्थायी भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्छ।

    ‘धम्म यात्रा’ शब्द ‘धम्म’ (कुशल कर्म) र ‘यात्रा’ (लाग्नु) मिलेर बनेको हो। यसको अर्थ कुशल कर्मतर्फ लाग्नु वा कुशल कर्मलाई आत्मसात् गर्नु भन्ने हुन्छ। धम्म यात्रामा सहभागी श्रामणेरहरूले बुद्ध धर्मका विभिन्न १० शील पालना गरेर आध्यात्मिक यात्रामा प्रवेश गरेका हुन्।

    नयाँ भिक्षुलाई धार्मिक र आध्यात्मिक शिक्षा प्रदान गर्दै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न तथा विशेषगरी युवापुस्तालाई प्रेरित गर्न भिक्षु प्रव्रज्या कार्यक्रम महत्त्वपूर्ण हुने गर्छ। यस पटकको धम्म यात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो।

    भैरहवामा धम्म यात्राको विशेषता

    भगवान गौतम बुद्धले फागु पूर्णिमाको दिन ज्ञान प्राप्त गरेकाले गत वर्षदेखि यो समयमा धम्म यात्रा आयोजना गर्न थालिएको हो। 

    बुद्ध ज्ञान प्राप्त गरेपछि बुबालाई भेट्न फर्किंदा हालको भैरहवा क्षेत्रमा पुगेको मान्यताका आधारमा भैरहवामा धम्म यात्रा आयोजना गरिएको बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शङ्कर गाहाले जानकारी दिए।

    धम्म यात्रामा सहभागी हुनेहरूमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङ लगायतका जिल्लाका साथै म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, इन्डोनेसियाका भिक्षुहरू पनि रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले जानकारी दिए। उनले यात्राका क्रममा श्रामणेरहरूले बुटवल, बुद्ध मावली देवदह लगायतका क्षेत्रको पनि भ्रमण गरेको बताए।

    धम्म यात्राको विगत

    लुम्बिनीमा सन् २०११ मा १,०००, सन् २०१५ मा १,११२, सन् २०१९ मा १,११९, सन् २०२३ मा ५००, सन् २०२४ मा १,२५० जनाले प्रव्रज्या लिएका थिए। यस वर्ष भने पाँच सय जना श्रामणेरहरूले प्रव्रज्या ग्रहण गरेका छन्।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार