images
images

उपत्यकामा प्रभात मोही ब्राण्डिङ सहित बजारमा

उपत्यकामा प्रभात मोही ब्राण्डिङ सहित बजारमा

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    उपत्यकामा प्रभात मोही ब्राण्डिङ सहित बजारमा
    images
    images

    शनिबार काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट होटलमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण हाट बजारमा प्रत्यक्ष ठेकीमा मोही निःशुल्क सेवन गराउने कार्यक्रममा दहि उपलब्ध गराएको छ । 

    images
    images

    नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रोडक्टस् नेपालले काठमाडौं बिच डेढ वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक उपलब्ध गराइएको हो । 

    त्यसलाई पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पशुसेवाका महानिर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक, सांसदहरु,लगायतले  विभिन्न समयमा स्वाद लिएका छन् । 

    मोही सेवनको प्रचार प्रचार बढेसँगै उपत्यका बाहिरका जिल्लाहरुमा सफलताका साथ एक दर्जन जति डेरी उद्योगले लेबलिङ प्याकेजिङ गरि बजारमा मोही बिक्री गर्न थालेका छन् । 

    आजभोलि उपत्यका एवं बाहिर भोज, भत्तेर, पार्टी शुभकार्यमा अन्य पेय पदार्थसँगै मोहीले पनि प्राथमिकता पाएको छ । जनमानसमा स्वास्थ्यप्रति सजक रहेको देखिन्छ ।

    बाहिर जिल्लाहरुमा मात्र लेबलिङ र प्याकेजिङ गरि मोही बिक्री वितरण भइरहेको अवस्थामा उपत्यकाबाट पनि अब नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङमा प्रभात मोही भनी सुरुवात गरेको छ। 

    चैत २ गते शनिबार पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारको ओरियन्ट होटलबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता एवं उद्योग उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, केन्द्रिय सदस्य पशुपतिदेव पाण्डे, कमला श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, केन्द्रिय सदस्य शिव घिमिरे, केन्द्रिय पदाधिकारी, बागमती प्रदेशका पदाधिकारी, नुवाकोटका अध्यक्ष दिपक ढुंगाना एवं  पदाधिकारी साथै डेरी उद्यमीहरुको विशेष उपस्थिति रहेको थियो। 

    कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष एवं मोही अभियानका प्रमुख ब्यक्तित्व प्रल्हाद दाहालले एउटा ठूलो सपना मोहीलाई ब्राण्डिङ गरि हरेक उपभोक्ताको हात हातमा पुर्‍याउने लक्ष्य पूरा भएको बताए । 

    उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले नेपाल डेरी एसोसिएसनले दुध तथा दुग्ध पदार्थ विविधीकरण गरि बजारमा पुर्‍याउन धेरै ठूलो मिहिनेत गरेको बताए। 

    केन्द्रिय सदस्य कमला श्रेष्ठलेले उद्योग वाणिज्य महासंघमा रहेका बस्तुगत सदस्यमा डेरी एसोसिएसन सबैभन्दा अग्र स्थानमा रहि काम गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले गरेका कामकारबाहीमाको प्रशंसा गरिन । 

    अर्का केन्द्रिय सदस्य पशुपतिदेव पाण्डेले आम उपभोक्ता सबैलाई स्वास्थ्यलाई हित गर्ने मोही सेवन गर्न आग्रह गरे।

    रैथानेका अध्यक्ष तिलक ढकालले समग्र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने र अझ दुग्ध क्षेत्र कृषि भित्रको पनि एक प्रमुख क्षेत्र रहेको कुरा बताए ।


    प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आज धेरै वर्षपछि यसरी ठेकीमा प्रत्यक्ष मोही तुल्याउँदा गाउँघरमा बुवा, आमा, हजुरबुबा, हजुरआमाले मोही तुल्याएको याद आएको कुरा स्मरण गरे । 

    उद्योग वाणिज्य महासंघले एक गाउँ एक उत्पादनू कार्यक्रम ल्याई मौलिक उत्पादनको संरक्षण गरेको कुरा बताए।

     नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान अहिले देशभरि फैलिएको छ । 


    डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, नवप्रभात डेरी उद्योगका कार्यकारी प्रबन्धक सुरेश तिमल्सिना, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे,डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष दिपक ढुंगाना लगायतले दुग्ध क्षेत्रबारे बताउँदै अब नेपालमा कृषि क्षेत्रको विकास हुनुपर्ने बताएका थिए । 

    आम सबै किसान, कृषि क्षेत्रका उद्योगमा सरकारको सहयोग रहनु पर्ने कुरामा ध्यान दिन अनुरोध गरेका थिए । 

    मोही ब्राण्डिङ गरि बजारमा ल्याउने नव प्रभात डेरी उद्योगलाई शुभकामना दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार