images
images

फ्लोरा एक्स्पोको दोस्रो दिनसम्म ३१ हजारले गरे अवलोकन, ५८ लाखको कारोबार

फ्लोरा एक्स्पोको दोस्रो दिनसम्म ३१ हजारले गरे अवलोकन, ५८ लाखको कारोबार

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • फ्लोरा एक्स्पोको दोस्रो दिनसम्म ३१ हजारले गरे अवलोकन, ५८ लाखको कारोबार
    images
    images
    images
    images

    काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा दोस्रो दिन सम्म ३१ हजार भन्दा बढीले अवलोकन गरेका छन् भने ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

    सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँ भन्दा बढीको कारोवार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ । 

    २६औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको सो मेलालाई बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गर्दै मेलाको अबलोकन समेत गरेका थिए । 

    अवलोकनपछि पुष्प ब्यबसायीसँग कुरा गर्दै आफूले स्मार्ट फार्मिङको लागि बजेट बिनियोजन गर्ने र सो को लागि ठोस प्रस्ताव पेश गर्न अनुरोध गरेका थिए । 

    पुष्पले नेपालको अर्थतन्त्रमा ठूलै सहयोग पुर्याउँदै आएको बताउँदै उनले फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने बताए । पुष्प व्यवसायी तथा किसानसँग भएको समस्याको बारेमा पनि आज आफूलाइ अवगत भएको बताए । 

    Floriculture (14).JPG

    पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिँदै उनले पुष्प क्षेत्रमा चुनौती छ तर त्यसका अवसरहरु पनि धेरै रहेका हुनाले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताए । 

    मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल)ले बताए । 

    Floriculture (6).JPG

    सोमबार ४ गते सम्म चल्ने मेलालाई  अपेक्षा अनुसारनै अवलोकनकर्ताको भीड रहेका कारण कारोबार पनि एक करोड भन्दा बढी हुने विश्वास लिएको फ्लोरिकल्चर एशोशिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए । 

    मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निःशुल्क प्रवेशको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । 

    नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र वि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरू रहेका थिए । 

    Floriculture (4).JPG

    जब २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायिक बिकास, बिस्तार र प्रबर्द्धनले गति लिएको हो । 

    हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ ।

    Floriculture (2).JPG

    हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढि रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि ५१ हजार ५०० भन्दा बढि जनशक्तिहरू रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्ब ६८ करोड भन्दा बढि रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com