सिर्जन तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाउने उद्देश्यसहित प्राज्ञसभा सम्पन्न

सिर्जन तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाउने उद्देश्यसहित प्राज्ञसभा सम्पन्न

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    सिर्जन तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाउने उद्देश्यसहित प्राज्ञसभा सम्पन्न

    काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले उद्घाटन गरेको  प्राज्ञसभा सिर्जन तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाउने उद्देश्यसहित सम्पन्न भएको हो । 

    सभालाई सम्बोधन गर्दै कुलपति राईले प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा-प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताए । 

    देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध पनि लागिपर्नुपर्ने उनको भनाइ छ । उनले सांस्कृतिक क्षेत्र राज्यको तहबाट ओझेलमा पर्नु नहुने कुरामा जोड दिएका थिए । 

    उद्घाटन सत्रका अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा, साहित्य र संस्कृतिको मूल्य स्थापित गर्दै पश्चगमनविरुद्ध समाजवादी संस्कृतिका पक्षमा लाग्न जोड दिएका थिए । 

    उद्घाटन सत्रका अतिथि नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताएका थिए । 

    प्रज्ञा(प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले प्राज्ञकर्मीहरू पनि माहुरी जस्तै हुन र प्राज्ञसभाको निर्देशनबमोजिम अघि बढ्ने बताएका थिए । 

    उद्घाटन सत्रका अतिथि नेपाल सङ्गीत तथा नाटय प्रज्ञा(प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्राज्ञिक उन्नायनका लागि सबै लागि पर्नुपर्ने बताएका थिए । 

    नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले प्राज्ञिक समृद्धिका लागि आफू लागिपर्ने बताइन् । उद्घाटन सत्रको सञ्चालन प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गरेका थिए । 

    उक्त ४२औँ प्राज्ञसभाको उद्घाटन तथा बन्द सत्रको अध्यक्षता प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए । बैठकसामू सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यसूची प्रस्तुत गरेका थिए । 

    प्रस्तुत कार्यसूचीमाथि प्राज्ञसभा सदस्यहरूले आआफ्ना धारणा राख्दै नेपाल प्रज्ञा-प्रतिष्ठानको चालु आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन,बजेट, नीति तथा कार्यक्रमहरू पारित गरेको थियो ।

    नेपाल सरकारबाट प्राप्त वार्षिक अनुदान र आन्तरिक स्रोत गरी २३ करोड ६४ लाख १० हजारको बजेट सभाले पारित गरेको थियो।प्राज्ञसभाले नेपाल प्रज्ञा–प्रतिष्ठानका नीति तथा कार्यक्रमहरू पारित गरेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय