images
images

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबिच सम्झौता, आईभिएफ प्याकेजमा १५ हजार रुपैयाँसम्म छुट

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबिच सम्झौता, आईभिएफ प्याकेजमा १५ हजार रुपैयाँसम्म छुट

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबिच सम्झौता, आईभिएफ प्याकेजमा १५ हजार रुपैयाँसम्म छुट
    images
    images

    काठमाडौँ / नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.बिच सम्झौता भएको छ । बैंकले कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.का विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट उपलब्ध गराउन गत शुक्रबार उक्त सम्झौता गरेको हो । 

    images
    images

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आई.भि.एफ प्याकेजमा कर्मचारीहरूलाई १५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडका ग्राहकहरूलाई १० हजार रुपैयाँ छुट हुने भएकोे छ । 

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई.भि.एफ.को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गरे । 

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौँस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आईभिएपका अस्पताल र  क्लिनिकहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार