आज विक्रम संवत २०८१ साल चैत्र ४ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ मार्च १७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तृतीय तिथी, १७ बजेर २१ मिनेटपछि चतुर्थी तिथी । चित्रा नक्षत्र, १३ बजेर ०३ मिनेटपछि स्वाती । चन्द्रराशि तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। व्यवसायिक यात्राको अवसर मिल्नेछ। मेहनतअनुसार राम्रो फल प्राप्त हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा खर्च बढ्नेछ भने सेयर बजार र वित्तीय क्षेत्रबाट फाइदा नहुने देखिन्छ । मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ। एकल तथा साझेदारी व्यवसायबाट फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आर्थिक पक्ष सुदृढ हुनेछ। नयाँ अवसर प्राप्त हुने समय छ। मेहनत गर्दा प्रतिष्ठा कायम राख्न सकिनेछ। यात्रा तथा व्यवसायिक योजनाहरू सफल बन्न सक्छन्। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धामा जित हासिल हुनेछ। पशुपालन तथा कृषि क्षेत्रमा राम्रो लाभ प्राप्त हुने संकेत छ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेकोछ । मन परेको मानिसबाट उपहार पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हडबड गर्दा अवसर गुम्न सक्छ। निर्णय लिनु अघि राम्ररी सोच्नुपर्छ। व्यवसाय वा लगानीमा सचेत रहनुपर्ने समय छ। अरुको फाइदाका लागि उपयोग भइएला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नेछन्। उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । यद्यपि आज आम्दानी बढ्नेछ भने मानसम्मान प्राप्त हुने समय छ। नयाँ काम सुरु गर्ने समय छ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेकोछ। हातमा आएको रकम अरुलाई फाइदाको लागि खर्च हुन सक्छ। पशुधन वा कृषि क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको गलत अर्थ लाग्न सक्छ । यद्यपि, आज बुद्धिले काम लिँदा योजना कार्यान्वयन हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो गोपनीयतामा ध्यान दिनुहोस्। हचुवा निर्णयले समस्या निम्त्याउन सक्छ। निरन्तर प्रयास गर्दा सफलता मिल्नेछ। प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम समेत बन्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामलाहरू सुल्झिनेछन्। सानातिना काममा अल्झनुपर्दा महत्त्वपूर्ण काम छुट्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाको पछि लाग्दा नोक्सान व्यहोर्नु पर्ला। आर्थिक पक्षमा दबाब आउने संकेत छ। आजको समय चुनौतिपूर्ण छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। चिताएको काम बन्न समय लाग्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका स्रोत प्राप्त हुन सक्छन्। व्यापारमा फाइदा हुनेछ। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरुका लागि खर्चनुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरुलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानो प्रयासले ठूलो उपलब्धि हात लाग्न सक्छ। सानो प्रयत्नले उपलब्धिमूलक काम सम्पन्न हुनेछ । सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएको काम बन्नेछ । नयाँ काम बन्ने र नोकरीमा बढुवाको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । सामान्य काममा धन र श्रम खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ, सतर्क रहनुहोस्।