images
images

असारसम्म एक लाख भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने मन्त्री अधिकारीको घोषणा

असारसम्म एक लाख भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने मन्त्री अधिकारीको घोषणा

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • images
    images
    असारसम्म एक लाख भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने मन्त्री अधिकारीको घोषणा
    images
    images

    चितवन/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी असारसम्म एक लाख भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने घोषणा गरेका छन् । 

    images
    images

    भूमि समस्या समाधान आयोगमा नयाँ नेतृत्व आएपछि पहिलो पटक चितवनबाट जग्गाधनी प्रमाणपत्र वितरण सुरु भएको हो।

    आईतबार भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा बसोवास गर्ने २५३ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई मन्त्री अधिकारीले लालपुर्जा हस्तान्तरण गरेका छन् ।

    भूमि समस्याको दिगो समाधान खोजिने

    लालपुर्जा वितरण कार्यक्रम उद्घाटन गर्दै मन्त्री अधिकारीले भूमि क्षेत्रका समस्याको दिगो समाधान खोजिने बताउनुभयो। उहाँका अनुसार, चितवनबाट सुरु भएको यो अभियान मेचीदेखि महाकालीसम्म निरन्तर सञ्चालन हुनेछ।

    उनले भूमिसम्बन्धी समस्याको समाधानका लागि सरकारले नयाँ कानुनी व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी गराए । 

    गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुनखर्क जस्ता क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको मन्त्री अधिकारीले बताए । 

    भूमिहीनलाई लालपुर्जा दिन कानुनी अवरोध हटाइने

    भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधान गर्न खोजिए पनि राष्ट्रियसभामा अड्किएको कारण अब विधेयकमार्फत समाधान गरी भूमिहीनलाई लालपुर्जा वितरण अघि बढाइने मन्त्री अधिकारीको भनाइ छ।

    भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनतालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएको बताए ।  

    उनले तीन वर्षभित्र १० लाख ९७ हजार ६७० जनाको समस्या समाधान गर्ने लक्ष्य राखिएको जानकारी गराए । 

    सुकुम्बासी समस्या समाधानका लागि तीव्र प्रयास

    आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले सुकुम्बासी समस्या समाधानका लागि आयोगले तीव्रगतिमा काम गर्ने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद दाहाल, उपप्रमुख यादव पाठकल, वडा नम्बर १२ का अध्यक्ष सुन्दर सुवेदीलगायतको उपस्थिति रहेको थियो।

    भूमिहीनको पहिचान सबै दलको सहमतिमा गर्नुपर्ने भन्दै आयोगका जिल्ला अध्यक्ष इमानसिंह मोक्तानले वार्षिक क्यालेन्डरअनुसार समस्या समाधानका लागि काम गरिने बताए । 

    जिल्लामा १० हजारभन्दा बढी भूमिसम्बन्धी समस्या भएकाहरुको समस्याको समाधान गर्न प्रतिबद्धता व्यक्त गरिएको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार