काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८० रुपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २५ पैसा र बिक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।