काठमाडौँ / सोमबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम छ । आइतबार पनि सोही मूल्यमा सुन खरिद बिक्री भएको थियो ।
यता, चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँ कायम भएको छ । यसअघि भने प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको थियो ।