images
images

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • images
    images
    प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । 

    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रूपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए ।  

    महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार