images
images

दर्ज्यानी चिह्न प्राप्त गरेपछि नवनियुक्त आइजिपी थापाले भने, “प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पर्दैन”

दर्ज्यानी चिह्न प्राप्त गरेपछि नवनियुक्त आइजिपी थापाले भने, “प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पर्दैन”

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • images
    images
    दर्ज्यानी चिह्न प्राप्त गरेपछि नवनियुक्त आइजिपी थापाले भने, “प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पर्दैन”
    images
    images

    काठमाडौँ / सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापालाई दज्र्यानी चिह्न प्रदान गरेको छ । मंगलबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो । ३०औँ महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । थापाले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

    कार्यभार सम्हाल्दै नवनियुक्त (आइजिपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । उनले प्रहरी भित्रको सुधार आफैँबाट सुरु गर्ने बताएका हुन् । 

    उनले भने, “प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरुरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।”

    साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार