जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखिन्छ ।
देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।
आज बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ती तीन प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।