images
images

काठमाडौंमा अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीहरूको व्यवस्थापन र नयाँ वितरण सञ्जाल संचालन कसरी हुँदैछ ?

काठमाडौंमा अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीहरूको व्यवस्थापन र नयाँ वितरण सञ्जाल संचालन कसरी हुँदैछ ?

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • images
    images
    काठमाडौंमा अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीहरूको व्यवस्थापन र नयाँ वितरण सञ्जाल संचालन कसरी हुँदैछ ?
    images
    images
    आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली Supervisory Control and Data Acquisition (SCADA) मार्फत गर्ने व्यवस्था गरेको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ईन्जिनियर चन्द कुमार पाँ श्रेष्ठले बताएका छन् । 
     
    साथै, काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानीपोखरीहरूबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि SCADA बाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालन समेत PID मार्फत गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
     
    सोही व्यवस्था अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) को पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्ष (Control Room  बाट SCADA प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालिएको हो ।
     
    साथै, SCADA प्रणाली मार्फत मेलम्चीको पानीको आपूर्ति सम्बन्धी विवरण सहितको प्रत्यक्ष जानकारी KUKLको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको छ ।
     
     
    यसैगरी, SCADA प्रणाली मार्फत उपत्यकाका १५ वटै पानीपाखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था भएको श्रेष्ठले बताए । 
     
    यस्तै, नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धाराहरूमा स्वचालित विद्युतीय मिटर जडान गर्ने कार्य समेत गरिएको जनाएको छ । 
     
     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार