काठमाडौं/ अग्रणी स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो हालसम्मकै सबैभन्दा बलियो र अत्याधुनिक विशेषतायुक्त स्मार्टफोन रियलमी सी ७५ सार्वजनिक गर्ने तयारी गरेको छ।
उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित डिजाइन गरिएको यो फोन कठिन परिस्थितिमा पनि भरपर्दो प्रदर्शन गर्नेछ।
आईपी ६९ वाटर एण्ड डस्ट रेजिस्ट्यान्ट, ३६० ड्ढ झटका प्रतिरोधी फिचर र आर्मसेल ग्लास प्रविधि समावेश गरिएको रियलमी सी ७५ अत्यन्तै बलियो र टिकाउ छ। उच्चस्तरको पानी प्रतिरोधी प्रविधि तथा एआई–सञ्चालित विशेषताहरूको साथमा, यसले स्मार्टफोनको परिभाषा नै बदल्ने लक्ष्य लिएको छ।
कम्पनीका अनुसार, रियलमी सी ७५ ले बलियोपन र अत्याधुनिक प्रविधिको संयोजनमार्फत नयाँ बेन्चमार्क स्थापित गर्नेछ।
आईपी६९ सुरक्षा मानकअन्तर्गत, यो फोन २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्नेछ। साथै, ६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ प्रविधिले लामो समयसम्म टिक्ने र छिटो चार्ज हुने सुविधा प्रदान गर्छ।
फोटोग्राफी र उत्पादकत्वलाई नयाँ उचाइमा पुर्याउन, एआई क्लियर फेस र एआई स्मार्ट लुप जस्ता अत्याधुनिक एआई फिचरहरू समावेश गरिएका छन्।
आर्मसेल ग्लास प्रविधिले यसलाई २६०५ बढी ड्रप रेजिस्ट्यान्ट र ४०० प्रतिशत बढी स्क्र्याच रेजिस्ट्यान्ट बनाएको छ, जसले फोनको मजबुतीलाई अझ प्रभावशाली बनाउँछ।
६।७२ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट र अल्ट्रा–स्मूथ, भाइब्रेन्ट डिस्प्लेको संयोजनले प्रयोगकर्तालाई बलियोपना, उच्च कार्यक्षमता र आकर्षक डिजाइनको उत्कृष्ट अनुभव प्रदान गर्नेछ।
रियलमी सी ७५ छिट्टै नेपाली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।