काठमाडौँ / बुधबार सुनको मूल्यमा पुुनः नयाँ रेकर्ड बनाएको छ । मङ्गलबार सबैभन्दा उच्च तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ बुधबार पुनः बढेर १ लाख ७६ हजार पुगेको हो । जुन हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्यि बजारमै बढेका कारण नेपाली बजारमा समेत बढेको हो । यता, चाँदीको भाउ भने सामान्य घटेर काराोबार भइरहेको छ । यसअघि तोलामा २ हजार ५० रुपैयाँ पर्ने चाँदीलाई आज २ हजार ४५ रुपैयाँ मात्रै पर्नेछ ।