images
images

प्रधानन्यायाधीश महाभियोगको मागबारे राष्ट्रपति ट्रम्पको कडा आलोचना

प्रधानन्यायाधीश महाभियोगको मागबारे राष्ट्रपति ट्रम्पको कडा आलोचना

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • images
    images
    प्रधानन्यायाधीश महाभियोगको मागबारे राष्ट्रपति ट्रम्पको कडा आलोचना
    images
    images

    वासिङ्टन / संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले सार्वजनिक रुपमा कडा आलोचना गरेका छन् । 

    रोबर्टसद्वारा जारी संक्षिप्त वक्तव्यमा उनले दुई शताब्दीभन्दा बढी समयदेखि स्थापित मान्यताअनुरुप महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया नभएको बताएका हुन् । 

    ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पलाई ‘असाधारण’ रूपमा आलोचना गरेका हुन् । ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ।

    यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको भने यो पहिलो घटना हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मिडियामा भनेका छन्– ‘दुःखको कुरा बाराक हुसेन ओबामाले कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गरेछन् ।’

    राष्ट्रपतलिे ‘धेरै कुटिल न्यायाधीशहरू जस्तै यी न्यायाधीश अगाडि उपस्थित हुन म बाध्य छु, महाभियोग ११ हुनुपर्छ।’

    त्यसको केही घण्टापछि टेक्सासका रिपब्लिकन सांसद ब्रान्डन गिलले सामाजिक सञ्जाल एक्समा बोसबर्गविरुद्ध सदनमा महाभियोगका लेखहरू प्रस्तुत गरेको घोषणा गरेका थिए । 

    रोबर्टसको दुर्लभ भनाईपछि राष्ट्रपति ट्रम्पले अर्को पोस्टमा भनेका छन्– ‘यदि कुनै राष्ट्रपतिलाई हत्यारा र अन्य अपराधीहरूलाई देशबाट बाहिर फ्याँक्ने अधिकार हुँदैन भने हाम्रो देश धेरै ठूलो सङ्कटमा पुग्नेछ र असफल हुनेछ।’ उनले थप लेखेका छन्– ‘कट्टरपन्थी वामपन्थी’ न्यायाधीश राष्ट्रपतिको भूमिका सम्हाल्न चाहन्छन् । 

    अमेरिकी सङ्घीय न्यायाधीशहरू सधैँ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् र  ‘उच्च अपराध वा दुराचार’को लागि प्रतिनिधि सभाद्वारा महाभियोग लगाउने र सिनेटबाट दोषी ठहर गरेर मात्र हटाउन सकिने प्रावधान रहेको छ । सङ्घीय न्यायाधीशहरूको महाभियोग अत्यन्त दुर्लभ हुने अमेरिकामा पछिल्लो पटक सन् २०१० मा अमेरिकी कङ्ग्रेसले एक न्यायाधीशलाई हटाएको थियो। 

    रोबर्टसविरूद्धको हस्तक्षेपलाई ‘अत्यन्त दुर्लभ’ भएको युनिभर्सिटी अफ रिचमन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले बताएका छन् । उनले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सङ्घीय न्यायाधीशको निर्णयको आलोचना गरेपछि प्रधान न्यायाधीशले यस्तै टिप्पणी गरेको स्मरणसमेत गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार