काठमाडौँ / सरकारले ७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ११ सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले बुधबार उनीहरूको सरुवा भएको हो ।
दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
यसैगरी, कपिलवस्तुका सिडिओ विश्वराज अर्याल र सुर्खेतका सिडिओ शंकरहरि आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । गृहका जगदिश्वर उपाध्यायले सुर्खेतको सिडिओको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, उपसचिवसमेत रहेका उदयपुरका सिडिओ हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् ।
हेर्नुस् सूचीमा