images
images

नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे के भन्छन् पर्यटनमन्त्री पाण्डे ?

नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे के भन्छन् पर्यटनमन्त्री पाण्डे ?

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • images
    images
    नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे के भन्छन् पर्यटनमन्त्री पाण्डे ?
    images
    images

    काठमाडौँ / सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरूसँग मङ्गलबार न्होमपेनमा भएको भेटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो ।  

    कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । 

    उनले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गरेका हुन् । नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवं पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

    साथै, मन्त्री पाण्डेले दुई मुलुकबीच पर्यटन प्रवर्द्धन र द्विपक्षीय हितका विविधि आयामबारे छलफल गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार