images
images

सेयर बजारमा पहिरो : १३ कम्पनीको मूल्य बढ्दा २३० वटाको घट्यो, ८ सेक्टरका लगानीकर्ताले सर्वाधिक गुमाए

सेयर बजारमा पहिरो : १३ कम्पनीको मूल्य बढ्दा २३० वटाको घट्यो, ८ सेक्टरका लगानीकर्ताले सर्वाधिक गुमाए

आज सबैभन्दा बढी वित्त सेक्टरको परिसूचक २.९८ प्रतिशत र व्यापारको परिसूचक २.८३ प्रतिशतले घटेको छ ।

आइतवार, चैत १० २०८१
आइतवार, चैत १० २०८१
  • सेयर बजारमा पहिरो : १३ कम्पनीको मूल्य बढ्दा २३० वटाको घट्यो, ८ सेक्टरका लगानीकर्ताले सर्वाधिक गुमाए
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.६२ अङ्क अर्थात २.०४ प्रतिशतले घटेर २६१४.६८ बिन्दुमा झरेको हो । 

    सेयर बजार लगातार ओरालो लाग्न थालेपछि लगानीकर्ताहरूले सेयर बिक्री थालेपछि यसअघिको तुलनामा आज कारोबार रकम भने सामान्य बढेको छ । आज सेयर बजारमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    यस दिन जम्मा १३ ओटा कम्पनीको मात्रै मूल्य बढेको छ भने २३० वटाको घटेको छ । यसैगरी ३१७ धितोपत्रको १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर ७२ हजार २६५ पटकमा खरिद बिक्री भएको छ । बजार पुँजीकरण रकमसमेत घटेर आज ४३ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ । 

    आइतबार सबै सेक्टरको परिसूचकमा उच्च गिरावट देखिएको छ भने ८ वटा सेक्टर सबैभन्दा बढी घटेको छ । आज सबैभन्दा गुमाउनेमा वित्त र व्यापार सेक्टर रहेको छ । वित्त समूहको परिसूचक २.९८ प्रतिशत, व्यापारको २.८३ प्रतिशत, लघुवित्तको २.३६ प्रतिशत, हाइड्रोपावरको २.५०  प्रतिशत, होटल तथा पर्यटन र विकास बैंक २.३०  प्रतिशतले घटेको छ । 

    यसैगरी, निर्जीबन बिमा २.१५ प्रतिशत, लगानी २.१२ प्रतिशत, बैंकिङ समूह १.५५ प्रतिशत, जीवन बिमा १.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४३  प्रतिशत, म्युचअल फण्ड ०.७१ प्रतिशत र अन्य समूहको परिसूचक १.७२ प्रतिशतले घटेको छ । 

    आइतबार एनएमबि ५० को इकाइमूल्य सबैभन्दा बढी ३.९४ प्रतिशत र ९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिवेन्चर २०८८ को इकाइ मूल्य ३.८९ प्रतिशतले बढेको छ । 

    मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज पनि नेगेटिभ सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १६०३.८० रुपैयाँमा झरेको छ । 

    त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ७.२७ प्रतिशतले घटेर ७९१.२१ रुपैयाँ कायम भएको छ । आज हिमायलन रिइन्स्योरेन्स लिमिटेडको ४२ करोड ६ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ९९ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएके छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार