images
images

सोमबारको राशिफल : तपाईँको आजको दिन कति फलदायी होला ? हेर्नुस्

सोमबारको राशिफल : तपाईँको आजको दिन कति फलदायी होला ? हेर्नुस्

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • सोमबारको राशिफल : तपाईँको आजको दिन कति फलदायी होला ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र ११ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ मार्च २४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । दशमी तिथि, रातको १२ बजेर ४७ मिनेट उप्रान्त एकादशी । उत्तराषाढा नक्षत्र, रातको १२ बजेर ३७ मिनेट उप्रान्त श्रवण । आनन्दादिमा-मृत्य योग । चन्द्रराशि-धनु ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आत्मविश्वासको साथ अगाडि बढ्दा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिबाट आश्वासन पाइएला। नयाँ कामको प्रस्तावहरू आउनेछन् । प्रशस्त आम्दानीको योग रहेको छ । उपलब्धीमूलक काम सम्पदन हुनेछ । मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ। तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। भाग्यले विभिन्न अवसर दिलाउनेछ । सोच्दै नसोचेको काम सम्पादन हुनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समयले साथ दिने हुनाले तारिफयोग्ग काम सम्पादन हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ । नसोचेको उपलब्धि हासिल हुनेछ । कार्य क्षेत्रमा गुमेको प्रतिष्ठा हासिल हुनेछ । व्यापार व्यवसायमा दोधार भएर निर्णय नलिनुहोस् । अरुका लागि रकम र बुद्धि खर्चनुपर्ला। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन नहोला । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ, ध्यान दिनुहोला । नतिजा सच्याउन दोहोर्याएर काम गर्नुपर्ने समय छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार, उद्योग तथा सेयरबजारमा गरिएको लगानी फस्टाउने समय छ । आर्थिक रूपमा आजको दिन सबल रहेको छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा दिलाउनेछ । नयाँ योजना बन्ने समय छ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउदै लान सकिनेछ । व्यापार व्यवसायमा अरुको सल्लाह माग्नुभन्दा सोचविचार गरेर निर्णय लिनुहोस् । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।  

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कामलाई निरन्तरता दिनसके मनग्य लाभ लिन सकिनेछ । बौद्धिक तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ । सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । उपहार प्राप्त हुने योग रहेको छ । विशेष योजनाहरू गोप्य राख्नुहोस् । अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    घरायसी समस्या बढ्नाले आर्थिक सङ्कट झेल्नुपर्ला । कृषि तथा सहकारी व्यवसायमा भने मनग्य आम्दानी हुने योग रहेको छ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरुको फाइदाको लागि उपयोगी भइनेछ । नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोतमा वृद्धि हुनेछ। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। साचेविचार गरेर व्यवहार गर्नुहोला । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ काम गरी मनग्य धन तथा सम्पत्ति जोड्न सकिनेछ । उद्योग, सेयरबजार तथा व्यापारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । भौतिक सुख सुविधामा धन खर्च हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। चुनौतिका बावजुद परिणाममुखी काम सम्पान गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नोकरीमा कीर्तिमानी काम गर्ने समय छ भने तपाईँको कामको प्रशंसा होला । व्यापार व्यवसायबाट आम्दानी हुने हुँदा आर्थिक संकट निवारण हुनेछ । अरुको मुख ताक्ने बानीले महत्त्वपूर्ण काम रोकिन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। साँझपख व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मौका पर्खदा अवस्था सुधार हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    नयाँ प्रविधिको प्रयोगमार्फत व्यापार व्यवसायमा लगानी गरि मनग्य आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । नयाँ काम पाउेन तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । चलिरहेको कार्यमा बाधा आउनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    खर्च बढ्ने योग छ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाउने भए पनि स्वदेशी सामानको व्यापारमा भने मन्दि आउनेछ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुने समय छ। आजको समय चुनौतिपूर्ण रहेको छ । आरोप लगाउनेहरू सक्रिय हुनेछन् । सहयोग गर्नेहरू कमै भेटिनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अरुले आर्थिक सहयोग गर्ने समय छ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । सेयर बजारमा आज गरिएको लगानीबाट आम्दानी हुनेछ । लाभका नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार