images
images

सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजनाको उपहार हस्तान्तरण

सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजनाको उपहार हस्तान्तरण

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजनाको उपहार हस्तान्तरण
    images
    images

    काठमाडौँ / सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौँ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 
    कम्पनीले सोमबार आयोजित गरेको एक विशेष कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थितिमा उक्त योजनाको उपाहार हस्तान्तरण गरिएको हो । 

    कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजना अन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए ।

    कम्पनीले उक्त रकम तिवारीकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको जनाएको छ । 
    सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । 

    जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट  फोन) जित्न सफल भईसकेका छन् ।

    सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ नयाँ बिषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धीको बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।  
    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भक्तानी पनि गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार