युक्रेनको विषयमा अमेरिका–रुस वार्ता के हुँदैछ ? रुसी वार्ताकार यसो भन्छन्

युक्रेनको विषयमा अमेरिका–रुस वार्ता के हुँदैछ ? रुसी वार्ताकार यसो भन्छन्

मंगलवार, चैत १२ २०८१
मंगलवार, चैत १२ २०८१
  • images
    images
    युक्रेनको विषयमा अमेरिका–रुस वार्ता के हुँदैछ ? रुसी वार्ताकार यसो भन्छन्

    मस्को /  एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने बताएका छन् ।

    “हामीले सबै कुराबारे कुरा गर्यौ, यो एक तीव्र संवाद थियो, सजिलो थिएन, तर हामी र अमेरिकीहरूका लागि धेरै उपयोगी थियो”, सरकारी समाचार संस्था तासलाई ग्रिगोरी करासिनले ‘धेरै समस्या छलफल गरिएको छ’ भन्दै बताए । 

    “निश्चय नै हामी सबै कुरा समाधान गर्नबाट टाढा छौँ, सबै बुँदामा सहमत हुनबाट टाढा छौँ, तर लाग्छ कि यस प्रकारको छलफल धेरै समयोचित छ”, उनले भने, “अन्तर्राष्ट्रिय समुदायलाई समावेश गर्दै, मुख्यरूपमा संयुक्त राष्ट्र र केही देशहरूलाई समावेश गर्दै हामी यसलाई जारी राख्नेछौँ ।”

    साउदी अरबको एक विलासी होटलमा अमेरिकी र रुसी टोलीले १२ घण्टा वार्ता गरेको एक दिनपछि उनले यस्तो बताएका हुन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको युद्धको द्रुत अन्त्यका लागि दबाब दिइरहेका छन् र साउदी राजधानीमा पछिल्लो चरणको वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा गरेका छन् । 

    यसअघि तासले एक स्रोतलाई उद्धृत गर्दै वार्ताको संयुक्त वक्तव्य मङ्गलबार प्रकाशित हुने बताएको थियो । 

    सुस्पिलेन समाचारलाई एक स्रोतले बताएअनुसार युक्रेनी वार्ता टोली अर्को दिनसम्म रियादमा बस्ने छ र अमेरिकी प्रतिनिधिहरूसँग भेट गर्नेछ । अर्को स्रोतले एएफपीलाई दोस्रो भेट हुने सम्भावना बताएको छ(जुन प्रगति भएको सङ्केत हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय