images
images

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको पहिलो एल्युमिनियम  रड उत्पादन उद्योगको सुरुवात

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको पहिलो एल्युमिनियम  रड उत्पादन उद्योगको सुरुवात

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको पहिलो एल्युमिनियम  रड उत्पादन उद्योगको सुरुवात
    images
    images
    images
    images

    काठमाडौं/  लिट्मस इन्डस्ट्रिज लिमिटेडले “लिट्मस २.०” अन्तर्गत एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । 

    नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको छ ।
     
    यस महत्वपूर्ण उपलब्धिलाई स्मरणीय बनाउन चैत्र १३ गते ँगचलबअभ ँबिmष्लन ऋभचझयलथ को आयोजना गरिएको थियो । समारोहलाई प्रमुख अतिथि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कृष्ण बहादुर राउतले उद्घाटन  गरेका थिए । 

    हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । 

    यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने कम्पनीको दाबबी छ । । 

    एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भएपनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ । 

    आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र बिक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पु¥याउने कम्पनीले जनाएको छ । 

    नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिटेमस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को हो ।

      litmus nepal.JPG
    यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

    कच्चा पदार्थमा स्थानीय रूपमा मूल्य संवद्र्धन गर्दै जाने यो दृष्टिकोण सरकारले लिएको आत्मनिर्भर औद्योगिक विकासको मार्गचित्रसँग पूर्णतः मेल खान्छ ।
     
    लिट्मस इन्डस्ट्रिज लिमिटेडको बारेमा

    लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो, जसले सुरक्षा, नवीनता र भरपर्दोपनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको छ । 

    देशको पूर्वाधार विकासमा योगदान पु¥याउँदै, लिट्मसले अन्तर्राष्ट्रिय स्तरका विद्युत समाधानहरू प्रदान गर्दै समुदाय र उद्योगमा विश्वास दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार