काठमाडौँ / सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भने १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो । यता, चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ रहेको थियो ।
